You are here

तिलोत्तमा नगरपालिकाले बनायो १२ कानून

Submitted on: Tue, 02/20/2018 - 16:42

 प्रदेश ५ मै पहिलो पटक स्थानीय सरकारले निर्माण गरेका १२ कानूनहरु कार्यान्वयनमा आउने भएका छन् ।रुपन्देहीकोे तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको हो ।

नगर प्रमुख बासुदेव घिमिरेबाट प्रमाणिकरण गरिएका ती ऐन, नियमावलीहरु नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आइतबार राजपत्रमा प्रकाशित गरिएपछि कार्यान्वयनमा प्रबेश गरेको छ ।

नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरिएको थियो ।

https://www.onlinekhabar.com/2018/02/660634?utm_source=Facebook&utm_medium=fbshare