ब्यवसाय गर्दै नागरीक सचेतना केन्द्र
साना पुर्वाधारका आयोजना मार्फत व्यवसायीक बन्दै
सिन्धुली, ११ भाद्र । नागरीक सचेतना केन्द्र दुधौली नगरपालिका वडा नं. ३ की अध्यक्ष मिना विक सँगै नागरीक सचेतना केन्द्रका सदस्यहरु यतिवेला उत्साहित बनेर व्यवसायीक सुगुरपालनमा लागेका छन । अधिकाश दलित परिवारको सहभागीता रहेको उनीहरुको नागरीक सचेतना केन्द्रलाई स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रम(एलजीसिडिपी)ले साना पुर्वाधार आयोजना अन्र्तगत ३ लाख १५ हजार रुपैयाँ अनुदान र स्थानीय संस्था सामाजिक विकासका लागी महिला जागरण सिन्धुलीले प्राविधिक सहयोग प्रदान गरेपछि उनीहरु व्यवसायीक सुगुरपालमा लागेका हुन ।
| 
 | 
| नागरीक सचेतना केन्द्र दुधाैलीले व्यवसायीक सुगुरपालनका लागी निर्माण गरेकाे अाधुनिक खाेर । फाेटाेः बुदकुमार अाछामी | 
सचेतना केन्द्रकी अध्यक्ष मिना विकले भनिन, ‘हामीले सामुहिक रुपमा सुगुरपालन गर्नका लागी जग्गा भाडामा लिएर आधुनिक खोर निर्माण गरेका हौं ।’ उनीहरुले निर्माण गरेको आधुनिक खोरमा २४ वटा सुगुर पाल्न सकिन्छ । नागरीक सचेतना केन्द्रमा आबद्ध सवै सदस्यहरु मिलेर व्यवसायीक रुपमा सुगुर पालन गर्ने सल्लाह बमोजिम खोर निर्माण गरिएको र उन्नत जातका सुगुरका बच्चा ल्याएर हाल्ने तयारी भईरहेको अध्यक्ष मिना विकले बताइन ।
उनीहरुको नागरीक सचेतना केन्द्र मात्र होइन जिल्लाका २३ गाविस, कमलामाई नगरपालिकाका १८ वटा वडा र दुधौली नगरपालिकाका ३ वटा वडाका नागरीक सचेतना केन्द्रका सदस्यहरुले सामुहिक रुपमा व्यवसाय गर्नका लागी अनुदान रकम पाएका छन र व्यवसाय सुरु गरेका छन । कार्यक्रमबाट प्राप्त अनुदान र सचेतना केन्द्रको श्रमदान सहित उनीहरुले झण्डै ४ लाख लगानी गरेर व्यवसाय सुरु गरेका हुन । धेरै जसो नागरीक सचेतना केन्द्रले तरकारी खेती, कुखुरा, बाख्रा तथा सुगुरपालन जस्ता व्यवसाय गरेका छन भने नागरीक सचेतना केन्द्र महादेवडाडाँले अलैची खेती गरेको छ ।
गत आर्थीक वर्षमा २३ वटा गाविसमा सञ्चालित साना पुर्वाधार आयोजनाबाट ६५० घरधुरीका २ हजार २२७ जना लाभाल्वीत भएको जिल्ला विकास समिति सिन्धुलीका शासन विज्ञ विजय गुप्ताले जानकारी दिए । प्रत्येक नागरीक सचेतना केन्द्रलाई ३ लाख १५ हजारको दरले ७२ लाख ४५ हजार र नागरीक सचेतना केन्द्रको २१ लाख २१ हजार ९२१ गरी जम्मा ९३ लाख ६६ हजार ९२१ रुपैयाँ लगानी भएको छ ।
त्यस्तै कमलामाई नगरपालिकाका १८ वटा वडामा सञ्चालित आयोजनाबाट ४१४ घरपरिवार लाभान्वीत भएको कमलामाई नगरपालिकाका नगर शाषन विज्ञ हरिकृष्ण आचार्यले जानकारी दिए । ५६ लाख ७० हजार अनुदान र नागरीक सचेतना केन्द्रको ३ लाख ६३ हजार सहित ६० लाख ३३ हजार रुपैयाँ गत आर्थीक वर्षमा कमलामाई नगरपालिकामा खर्च गरिएको छ भने दुधौली नगरपालिका अन्र्तगत ३ वटा आयोजनामा १० लाख खर्च गरिएको र ९० घरपरिवार लाभान्वीत भएको जनाइएको छ ।
नागरीक सचेतना केन्द्रलाई व्यवसायीक बनाउँदै गरीवी न्यूनिकरणमा टेवा पु¥याउन स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रमले हरेक नागरीक सचेतना केन्द्रलाई अनुदान दिन सुरु गरेको हो । सामुहिक रुपमा प्रदान गरीने अनुदानले नागरीक सचेतना केन्द्रमा आबद्ध सदस्यहरु व्यवसायीक बन्दै गएका छन ।
नागरीक सचेतना केन्द्रलाई दिइएको अनुदान र नागरीक सचेतना केन्द्रले सुरु गरेको सामुहिक व्यवसायलाई अझ व्यवस्थित बनाउन र निरन्तरता दिन सम्बन्धीत गैर सरकारी संस्था, जिविस र गाविसले निरन्तर अनुगमन र सचेतना केन्द्रलाई उत्साहित बनाईरहनु पर्ने आवश्यक्ता देखिन्छ भने नागरीक सचेतना केन्द्रको नाममा गाउँमा गएको रकम दुरुपयोग हुन नदिन र सहि सदुपयोग गराउन सम्बन्धीत निकाय चनाखो हुनुपर्ने आवश्यक्ता देखिन्छ ।
- Source: http://www.bijayakilla.com/2015/08/2861.html#sthash.wop4AEj1.dpuf
 
      



